प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।
बुधबार मोबाइल वितरक संघले अन्तरक्रिया कार्यक्रम गर्दै विदेशबाट अवैध रुपमा भित्रिने मोबाइलका कारण वर्षेनि अर्बौं राजश्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको...
सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिँदा १०% देखि २०% सम्म छुट प्राप्त गर्नेछन् भने काठमाण्डौँको...
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
कार्ययोजना अनुसार वि.सं. २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने उल्लेख छ।
सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट हात धोएका लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जोड्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसो गर्न नहुने बताएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्।
रुपन्देहीबाट प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङ रहेका छन्।
नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजारसहित दुई जनालाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।