काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्। एक युट्युब च्यानलमा खनालले आफ्नोविरुद्ध जथाभावी बोलेपछि करिश्माले प्रहरी गुहारेकी हुन्।
खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग जोडेर करिश्माको बारेमा एक युट्युब च्यानलमा विवादास्पद अभिव्यक्ति दिएका थिए।
उक्त युट्युब च्यानलविरुद्ध पनि प्रेस काउन्सिलमा उजुरी दिने करिश्माले बताएकी छन्।