बुधबार, असार २५, २०८२

'रास्वपालाई प्रश्न सोध्नै नहुने ?'

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट हात धोएका लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जोड्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसो गर्न नहुने बताएका हुन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन्। आज बुधबार ‘लोकतन्त्र संवाद केन्द्र’ले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र त्यसका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट हात धोएका लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जोड्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसो गर्न नहुने बताएका हुन्। उनले भने, ‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो?'

यसका साथै गगनले रास्वपाको सरकारमा सहभागिता र बहिर्गमनको औचित्यबारे पनि प्रश्न उठाए। रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताए। सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने र एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए। थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला!’

पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरे। महामन्त्री थापाले अरुभन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए।

शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे। उनले सोधे, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने?

रविले सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन? अनि सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्ने होइन?’

सञ्चारमाध्यमलाई लान्छित गर्ने रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए। ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस्। तर प्रेसलाई ‘ब्ल्यांकेट डिसक्रेडिट’गर्यो भने लोकतन्त्रमै समस्या आउँछ। प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न।’

प्रकाशित: Feb 08, 2023| 15:18 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...