सोमबार, वैशाख १५, २०८२

रुपान्तरण नभए कांग्रेस सकिन्छ: थापा 

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुपान्तरण हुन नसके कांग्रेस सकिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसको रुपान्तरण एजेन्डा: के र कसरी ? विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले रुपान्तरण नभए कांग्रेस सकिने बताएका हुन्। 

उनले आफूहरूको जीवन कांग्रेसमै समर्पित भएको बताउँदै कांग्रेस सकिए केही हुँदैन, हाम्रो के हुन्छ भनेर प्रश्नसमेत गरे। माओवादी शान्ति प्रक्रियामा आएपछि नयाँ भन्दै सबै नयाँको पछाडि लागेर बदल्नुपर्ने कुराहरू सबै नयाँ बन्ने नाममा छाडेको टिप्पणी गरे। कांग्रेस अहिले पनि व्यवस्थित हुन नसकेको उनको भनाइ थियो।

उनले भने, ‘२०४८ सालमा पार्टीले धेरै ठाउँ जितेको थियो। त्यतिखेर कार्यालय कस्तो थियो? अहिले हामीसँग बडेमानको कार्यालय छ। त्यो बेला व्यवस्थापन कहाँ थियो? तर पनि जनमत थियो। त्यतिबेला कांग्रेस आशाको सिग्नल थियो  तर अहिले नागरिकमा आक्रोश छ। उनले कांग्रेसले सपनाको मलामी जानु पर्दैन भन्ने आशा र भरोसा दियो भने अरु कुरा मिल्दै आउने बताए।
 

प्रकाशित: Apr 13, 2023| 16:01 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...