काठमाडौं- हिजो मंगलबार एकै दिन ७६.४ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज भने घटेको छ। नेप्से आज ७.१३ अंकले घटेर २१७०.२१ अंकमा बन्द भएको छ।
बुधबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ। नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ। कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ।
आदर्श लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ। नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। ७ कम्पनीको सेयरमूल्य स्थिर छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ।