कठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संगठन संरचनालाई परिमार्जन गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र संघअन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्ययोजना तयार गरेको छ।
कार्ययोजना अनुसार वि.सं. २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने उल्लेख छ।
त्यसैगरी वि.सं. ०७९ चैतभित्र तय भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्बाट पास गरिसक्ने समयसीमा तोकिएको छ। २०५२ सालयता मन्त्रालय अन्तर्गतका विभागहरु लामो समयदेखि नयाँ संगठन संरचना बन्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटा संघीय अस्पतालको संगठन संरचना सर्वेक्षण बनाएर मन्त्रालयमा बुझाए पनि त्यो अहिलेसम्म पास हुन सकेको छैन।