बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ललितपुर महानगरपालिकाको कर आइएमई पेमार्फत तिर्न सकिने

ललितपुर महानगरपालिकाको कर आइएमई पेमार्फत तिर्न सकिने

सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई पेको प्रयोग गर्ने बताइएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

ललितपुर महानगरपालिकाका स्थानीयबासीले अब आइएमई पेमार्फत कर तिर्न सक्ने भएका छन्। यसका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई पेको प्रयोग गर्ने बताइएको छ। 

सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने घरबहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने आइएमई पेले जनाएको छ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आइएमई पेले खुसी व्यक्त गरेको छ।

प्रकाशित: Feb 08, 2023| 15:40 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्