राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट दशौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन्।
कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका छन्।
निर्वाचनमा ३०४ मत खसेको थियो। रुपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको थियो।
नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको स्थानमा उपनिर्वाचन भएको हो।