बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।
बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सूचना अनुसार बिहीबारदेखि एक सातासम्म बत्ती जाने छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।
बंगलादेशको ढाकामा जारी यू २० महिला साफ च्याम्प्यिनसिपको उपाधि लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ। ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा फाइनल खेल आज अपराह्न सभा...
भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपालका चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनोट भएका छन्।
नेपाल पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्।