काठमाडौं- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकले घरभित्रै पसेर एक जनामाथि गोली प्रहार गरेका छन्। ती व्यक्तिले प्रहार गरेको गोली लागेर एक वृद्ध घाइते भएका छन्।
मंगलबार साँझ साढे ६ बजेतिर भारतीय नागरिकको गोली प्रहारबाट ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन्। पासमानको घरमै पसेर ती व्यक्तिले गोली प्रहार गरेको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।
गोली प्रहार गर्ने व्यक्ति भारतीय जाबेद भन्ने व्यक्ति रहेको र उनको खोजी कार्य भइरहेको छ प्रहरीद्ये जनाएको छ।
गोबरगाढा बस्ती भारतीय सीमासित जोडिएको छ। सो बस्तीका गाईभैँसी चोरी गरी भारततर्फ लैजाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीयले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए।
ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले बस्तीमा फायरिङ गरी स्थानीयलाई कुटपिटसमेत गरेको खबर प्राप्त भएको प्रहरीको भनाइ छ।