माघ १२ देखि २१ गतेसम्म पार्टी मुख्य कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी कमिटी र ३८६ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन्।
आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो