मंगलबार, असार २४, २०८२

सुदूरपश्चिममा प्रदेशसभा बैठक सारिएपछि कांग्रेसको विरोध

सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। आज दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

सयसँगै कांग्रेस संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । ‘यसरी भोलिका दिनमा सभामुखले कसरी काम गर्छन्’ उनले प्रश्न गरे ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो। अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन। बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ।

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। उनले विश्वासको मत लिन नसकेमा स्वत: पदमुक्त हुन्छन्।

प्रकाशित: Feb 09, 2023| 13:32 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...