बुधबार, असार २५, २०८२

माओवादीले टुंग्यायो पदाधिकारी, कमिटी र वरीयता [सूचीसहित]

माघ १२ देखि २१ गतेसम्म पार्टी मुख्य कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी कमिटी र ३८६ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीसहित स्थायी कमिटी, केन्द्रीय कमिटी र वैकल्पिक केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

माघ १२ देखि २१ गतेसम्म पार्टी मुख्य कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी कमिटी र ३८६ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।

बैठकले अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई पार्टी उपाध्यक्षमा मनोनीत पनि गरेको छ। यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय कमिटी पनि गठन गरेको छ।

माओवादीले पुरानै कार्यविभाजनलाई कायम राखेको छ। यसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन्। दुवै उपमहासचिव हुन्।

वरीयतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍ नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्। महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव छन्।

२०७८ पुस दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन। लामो समयसम्म कार्यविभाजन नभएको प्रश्न उठेपछि माओवादीले  पुरानै कार्यविभाजन कायम गरेको हो।


प्रकाशित: Feb 09, 2023| 14:23 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...