बिहीबार, वैशाख २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्स कम्पनीले हरेक तीन दिनमा राष्ट्र बैंकमा विवरण पठाउनुपर्ने

रेमिट्यान्स कम्पनीले हरेक तीन दिनमा राष्ट्र बैंकमा विवरण पठाउनुपर्ने

राष्ट्र बैंकको गैरबैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गर्दै रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- वित्तीयलगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधिसम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ। राष्ट्र बैंकको गैरबैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गर्दै रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। 

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्थाबमोजिम कम्पनीका गतिविधिसम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ। यसअघि विवरण बुझाउनका लागि यस्तो समयसीमा तोकिएको थिएन।

नयाँ व्यवस्थाअनुसार अब रेमिट्यान्स कम्पनीहरुले दैनिक विवरण हरेक ३ दिनमा, मासिक विवरण महिना सकिएको सात दिनभित्र, त्रैमासिक र वार्षिक विवरण १५ दिनभित्र राष्ट्र बैंकसमक्ष बुझाइसक्नु पर्नेछ।

रेमिट्यान्स कम्पनी आफैंले वा सबएजेन्ट तथा सब–रिप्रिजेन्टेटिभमार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिनाअनुसार मासिक रुपमा पठाउनु पर्छ। कम्पनीले भने यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था परिपत्रमा छ। रेमिट्यान्स कम्पनीहरुले अब कारबाही गरेका सबएजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण पनि राष्ट्र बैंकलाई बुझाउनु पर्नेछ। 

अंग्रेजी महिनाअनुसार नै मासिक विवरण बुझाउनुपर्ने निर्देशनमा उल्लेख छ। यस्तो विवरणका लागि कम्पनीहरूले अंग्रेजी महिना सकिएको एक साताको समय पाएका छन्। राष्ट्र बैंकले कम्पनीको सञ्चालक समितिको वार्षिक विवरण १५ दिनभित्र र हेरफेर भएमा ७ दिन विवरण पठाउन पनि  कम्पनीहरुलाई निर्देशन दिएको छ।

Metro Mart
worldlink

प्रकाशित: Feb 09, 2023| 12:43 बिहीबार, माघ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्