काठमाडौं- महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
जलेश्वर नगरपालिका–५, पर्सापतैली बस्ने ७५ वर्षीय हरिदेव राउतको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ६८ वर्षीय सुरेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो।
जग्गाको विषयमा विवाद भई सुरेन्द्रले कुटपिट गर्दा हरिदेव राउतको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।