आइतबार, जेठ २६, २०८२

मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए। 

उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको छ। तर, पानी पार्ने गरी पश्चिमी वायु सक्रिय भएको छैन।

काठमाडौं उपत्यकासहित तराईका धेरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ। मौसमविद्का अनुसार काठमाडौंमा हुस्सु बिस्तारै हट्दै गए पनि दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने छ। तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ।

पश्चिम तराईको तुलनामा मध्य र पूर्वी तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्ले बताएका छन्। आज र भोलि काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ। 

यस्तै, हिमाली केही जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही दिनदेखि देशभरजसो नै चिसो हावा चल्न थालेको छ। तर, तत्काललाई पानी भने नपर्ने मौसमविद् नगरकोटीले बताए।

प्रकाशित: Feb 09, 2023| 09:15 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।