काठमाडौ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्।
आज बिहान ५:३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने कर्मचारीको तारिफ गरेका हुन्।
‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद!’, उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’
अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन्।