मकवानपुर- बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ। दलहरूबीच विवाद कायम रहेका बेला सो प्रदेश सभाको बैठक आज बिहीबारका लागि बोलाइएको हो। सभामा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक आजका लागि बोलाइएको हो।
आजको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ। प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘सभाले बैठकको बिजनेस प्राप्त गर्न सकेको छैन।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन्।