पछिल्लो तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन, एमाले नेतृत्वको गठबन्धन भत्किएपछि कांग्रेसलाई सत्तारुढ बनाउन आज प्रधानमन्त्री प्रचण्डले शीतलनिवासलाई बेफुर्सदिलो पारेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका कागजातमा विभिन्न समस्या देखिएपछि आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।