शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु 

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु 

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ।

पहिलो वार्तामा सहमति हुन नसकेपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ। वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान छन्। 

बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो। आज त्यसमा छलफल गरी निचोड निकाल्ने बताइएको छ। महोत्तरीबाट पैदल हिँड्दै काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो। 

प्रकाशित: Mar 31, 2023| 09:30 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्