काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।
यसैगरी कालो अङ्गुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अङ्गुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ।
यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ। ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।