काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि शनिबार उमेदवारको टुंगो लगाउने भएको छ। पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
आजसम्म जिल्लाबाट आकांक्षीको नाम सिफारिस हुने र भोलि बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिने उनको भनाइ छ।
बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ।