शनिबार, असार ७, २०८२

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्। बिहान साढे ९ बजे पुगेका प्रधानमन्त्रीले  राष्ट्रपतिसँग मन्त्रिपरिषद् विस्तारको तयारी बारे छलफल गरेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।

सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका छन्।

प्रकाशित: Mar 31, 2023| 10:23 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्