डोल्पा- डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीया वरिष्ठ हवल्दार जोशिराम रेग्मी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
मुड्केचुला गाउँपालिका-१ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
बेपत्ता प्रहरी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ।