सोमबार, वैशाख २२, २०८२

मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु

रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। 
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

रौतहट-  रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। 

उक्त दुघ)टनामा एक जना गम्भीर घाइते भएका छन्। चन्द्रनिगाहपुरको चाँदी पुलमा गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साइकल दुर्घटना भएको थियो।

मोटर साइकलमा पछाडि बसेकी सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरीको घटना स्थालमै मुत्यु भएको प्रहरीले जनाएको छ। मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन्।

मण्डललाई थप उपचारमा लागि एम्बुलेन्समा वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपी एक नारायण कोइरालाले बताए।

प्रकाशित: Mar 31, 2023| 08:42 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्