शनिबार, असार ७, २०८२

मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक जनाको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

गोरखा- गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ।

विहीबार राति करिब ११ बजे गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा उनले चलाएको भे ६ प ७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव दश मिटर तल खसेको थियो। सूर्य कन्स्ट्रक्सन कम्पनीमा स्काभेटर चालकको रुपमा कार्यरत उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल राखिएको र मृतकको आफन्तलाई खबरसमेत गरिसकिएको डीएसपी लिलाराज लामिछानेले बताए।

प्रकाशित: Mar 31, 2023| 11:41 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्