नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाएको आरोप लगाएकी छन्।
चार मंसिरको जनमतबाट लोकतन्त्रको मन्दिरमा छिर्न सफल भएका नयाँ दल तथा सांसद संसद्को पुँजी भएको बताएका प्रचण्डले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको सुनाएर सत्ता...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि छोटो समयमा प्राप्ति उपलब्धि आफूहरूका लागि ठूलो कुरा भएको बताएका छन्।
संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको देउवाले बताए।
आजदेखि सुरु भएको नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशनमा बोल्दै उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका लागि सहज परिस्थिति नभएकाले चुनौतीहरू भएको बताए।
प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको बताएका छन्।