मंगलबार, साउन १४, २०८२

संसद् विघटन प्रतिगमन थिएन, यति धेरै जान्ने पनि नहोऊँ : ओली

आजदेखि सुरु नयाँ प्रतिनिधिसभाको अधिवेशनमा बोल्दै उनले सरकारबाट संसद् विघटन हुनु प्रतिगमन नभएको टिप्पणी गरे।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपटक फेरि संसद् विघटन प्रतिगमन नभएको दाबी गरेका छन्। आजदेखि सुरु नयाँ प्रतिनिधिसभाको अधिवेशनमा बोल्दै उनले सरकारबाट संसद् विघटन हुनु प्रतिगमन नभएको टिप्पणी गरे।

'एकताका प्रतिनिधिसभा विघटन प्रतिगमन भन्ने हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भन्नु प्रतिगमन होइन। यति धेरै जान्ने पनि नहोऊ,' उनले भने। कुठाउँबाट सरकार बनाउनेगरी जानु प्रतिगमन भएको उनको भनाइ थियो। संसदीय व्यवस्था सुरु भएको बेलायतमा धेरैपटक संसद् विघटन भएको भएको बताउँदै उनले मौकाअनुसार नेपालमा व्याख्याहरू भएको दाबी गरे।

यसैगरी उनले माओवादी र एमालेसहित ७ दल मिलेर बनेको नयाँ सत्ता समीकरणी राष्ट्रियताको पक्षमा रहेको पनि बताए। राष्ट्र हितका लागि एकतावद्ध भएर काम गर्ने उनको भनाइ थियो।

प्रकाशित: Jan 09, 2023| 14:07 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...