मंगलबार, साउन १४, २०८२

नयाँ सरकारलाई माधव नेपालले दिए संसद्‍बाट यस्ता सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए। छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए। 

भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलियाहरू, सेटिङ गर्ने सिस्टम भत्काउने काम गर्न सरकारलाई सुझाव दिए। देशको अर्थतन्त्र संकटग्रत रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै उनले चर्को ब्याजले सबै व्यवसाय धरासयीमा परेको बताए। संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने, कृषि क्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ। 

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए। मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उनले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिए। 

 

प्रकाशित: Jan 09, 2023| 14:51 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...