मंगलबार, साउन १४, २०८२

प्रधानमन्त्री प्रचण्डलाई ओलीले भने- सहज परिस्थिति छैन, चुनौती छन्

आजदेखि सुरु भएको नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशनमा बोल्दै उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका लागि सहज परिस्थिति नभएकाले चुनौतीहरू भएको बताए।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारका लागि सहज परिस्थिति नभएको टिप्पणी गरेका छन्। आजदेखि सुरु भएको नयाँ प्रतिनिधिसभाको  पहिलो अधिवेशनमा बोल्दै उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका लागि सहज परिस्थिति नभएकाले चुनौतीहरू भएको बताए।

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिनेमा आफू ढुक्क भएको उनले बताएस उनले भने, 'नयाँ सरकार गठन भएको छ, भोलि विश्वासकव मत लिँदै हुनुहुन्छ प्रधानमन्त्रीले म ढुक्क छु। चुनौती छन् भन्ने स्मरण गराउन चाहन्छु, सहज परिस्थिति छैन।'

उनले अहिले अर्थतन्त्र गम्भीर अवस्थामा भएको बताए। उनले भने, 'आज अर्थतन्त्र गम्भीर अवस्थामा छ। धेरै गम्भीर अवस्थामा। राजस्व ठीक ढंगले उठेको छैन। धेरै वर्षपछि राजस्व ऋणात्मक वैदेशिक मुद्राको संचिति घटेको छ आयात गर्ने अवस्था छैन। यस्तो अवस्थमा महँगी बढ्दो छ।

जनजीवन कष्टकर बन्दो छ यस्तो अवस्थामा नयाँ प्रतिनिधिसभाले सकारात्मक खोज्नुपर्नेछ। यो प्रतिनिधिसभा छ। गम्भीरताका साथ अगाडि लानुपर्नेछ।'

प्रकाशित: Jan 09, 2023| 13:53 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...