काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा सकिनु दुई घन्टाअघि ७० सांसदको हस्ताक्षरसहित जम्मकट्टेलले दाबी पेस गरेका थिए।
जम्मकट्टेल माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ।