मंगलबार, साउन १४, २०८२

सुरु भयो संसद् अधिवेशन

प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमबार सुरू भएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमबार सुरू भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानबमोजिम प्रतिनिधिसभाको दोस्रो कार्यकालका लागि पहिलो सम्बोधन गर्न पाउँदा गौरव महसुस भएको बताएका छन्।

उनले संसदलाई सम्बोधन गर्दै आफूहरू अहिले लोकतन्त्रको जगमा भएको प्रतिक्रिया दिएका छन्। यो जगका लागि हजारौंको बलिदान रहेको प्रचण्डले धारणा राखे। उनले सहिदका सपना पूरा गर्न आफू सधैं लागिपर्ने बताए।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक शुरू भएको हो। गत मंसीर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्पन्न भएको थियो।

प्रकाशित: Jan 09, 2023| 13:34 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...