मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'लोकतन्त्रको मन्दिर'मा प्रचण्डको भाषण– परीक्षामा बसेपछि पास हुने गरी लेख्नुपर्छ

'लोकतन्त्रको मन्दिर'मा प्रचण्डको भाषण– परीक्षामा बसेपछि पास हुने गरी लेख्नुपर्छ

चार मंसिरको जनमतबाट लोकतन्त्रको मन्दिरमा छिर्न सफल भएका नयाँ दल तथा सांसद संसद्को पुँजी भएको बताएका प्रचण्डले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको सुनाएर सत्ता सहयात्री रवि लामिछाने, सीके राउत र रेशम चौधरीहरूलाई मख्ख पारे।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- सात दलीय गठबन्धनबाट गत १० पुसमा सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै सांसदलाई परीक्षार्थीका रुपमा अर्थ्याएका छन् भने जनप्रतिनिधिको थलोलाई लोकतन्त्रको मन्दिर भनेका छन्। जनप्रतिनिधिको थलोलाई कुनै बेला प्रतिक्रियावादी शासन व्यवस्थाको चिह्न मान्दै आएको माओवादी र यसका नेताहरू पछिल्लो समय प्रजातन्त्रलाई गाली गर्नेहरूप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन्।  

सोमबार ४ मंसिरको निर्वाचनपछि निर्वाचित सांसदहरू सहभागी पहिलो संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई लोकतन्त्रको मन्दिरका रुपमा अर्थ्याएपछि साम्यवादको वकालत गर्दै आएको माओवादी क्रमशः प्रजातान्त्रिक शासन व्यवस्थाप्रति प्रतिबद्ध हुन थालेको संकेत ठानिएको छ। 

माओवादी द्वन्द्वका क्रममा नेपालभरका सांस्कृतिक, धार्मिक पीठहरूलाई प्रतिक्रियावादीको आश्रय स्थल ठानेर सर्वनाश गरेको प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी र यसका नेताहरू पछिल्लो समय क्रमशः धर्मकर्म, पूजापाठतिर लहसिँदै गएका छन्। १२ पुसमा सरकारी निवास बालुवाटार भित्रिँदा पनि प्रधानमन्त्री प्रचण्डले ज्योतिषीबाट शुभ साइतको समय मिलाएका थिए। तीन दिनअघि मात्रै प्रचण्डले दक्षिणकालीमा बलि चढाएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका थिए। राजनीतिलाई समयानुकूल फेरबदल गर्न पोख्त प्रचण्डले साढे २ वर्षे प्रधानमन्त्रीको ‘कारोबार’ गर्न सिंहदरबारका सचिवलाई भेला गराएर निर्देशन दिइसकेका छन् भने मलेसिया रोजगारीमा गएका नेपालीलाई बन्धक बनाइएकामा त्यसलाई समाधान गर्न पहल लिएका छन्।

चार मंसिरको जनमतबाट लोकतन्त्रको मन्दिरमा छिर्न सफल भएका नयाँ दल तथा सांसद संसद्को पुँजी भएको बताएका प्रचण्डले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको सुनाएर सत्ता सहयात्री रवि लामिछाने, सीके राउत र रेशम चौधरीहरूलाई मख्ख पारे।

सोमबारको पहिलो संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले संकेत गरेका विषय र उनको हाउभाउ हेर्दा राजनीतिक सहमतिमै सरकार अगाडि बढ्ने प्रस्ट संकेत झल्किन्थ्यो। उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सकेमात्र संसद्को परीक्षामा पास हुन सकिने औंल्याएर सत्तारुढ, प्रतिपक्षी सबै सांसदलाई थप जिम्मेवार हुन सुझाए। प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं?’ यो संसद् हाम्रो परीक्षा केन्द्र हो। परीक्षा केन्द्रमा बसिसकेपछि सकभर पास हुने गरी लेख्नुपर्छ।’

गत ४ मंसिरको निर्वाचनमा ठूला राजनीतिक दलका नेताहरूलाई पराजित गर्न ह्यासट्यागमार्फत नो नट अगेन अभियानै चलाइएको थियो। यस्तो अभियानमा प्रचण्डलाई पनि समेटिएको थियो। सोही कारणले हुन सक्छ, उनले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने बताउँदै सबै सांसद जनताको निरन्तर निगरानीमा रहेको तर्फ लोकतन्त्रको मन्दिरबाटै सचेत गराए।

चार मंसिरको जनमतबाट प्रतिनिधिसभा छिर्न सफल भएका नयाँ दल तथा सांसद संसद्को पुँजी भएको बताएका प्रचण्डले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको सुनाएर सत्ता सहयात्री रवि लामिछाने, सीके राउत र रेशम चौधरीहरूलाई मख्ख पारे। 

उनले भने, ‘बिनाइर्ष्या मनैदेखि भन्न चाहन्छु– यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो। उहाँहरू (नयाँ)मा केही गरौं भन्ने हुटहुटी छ। यो संसद्को पुँजी हो। तपाईंहरूलाई हृदयदेखि नै स्वागत छ।’ नेताहरूकै कारण मुलुक अधोगतिमा गएको नागरिक स्तरको गुनासो भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले मुलुकमा केही हुँदैन भन्ने हीन भावना हटाएर गरे के हँुदैन भन्ने रफ्तारमा सरकार चल्ने दाबीसमेत गरे। साततिर फर्किएका सात दलको समर्थनबाट प्रधानमन्त्री चुनिएका प्रचण्डले प्रतिनिधसभा सार्थक संवादको थलो हुने, जनताले गौरव गर्ने र राष्ट्रको आवश्यकताबारे जनप्रतिनिधिले विवेकपूर्ण निर्णय लिन सक्ने विश्वास व्यक्त गरे।

लोकतन्त्रको मन्दिरलाई विविधताबीचको एकताका रुपमा चित्रण गर्दै प्रधानमन्त्री प्रचण्डले यो बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक नेपालको पहिचान र शक्ति राष्ट्रवादी भाषासमेत बोले। जनप्रतिनिधिको थलोमा सांसदहरूले लगाएर आएका पहिरन र पोसाकले नेपालको पहिचान झल्काएको चर्चा उनले गरे। मुलुकमा व्याप्त अन्योल हटाएर नागरिकलाई सेवा दिन साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसद एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका प्रधानमन्त्री प्रचण्डको यो बोली प्रतिपक्षी कांग्रेसतर्फ लक्षित सुनिन्थ्यो। 

प्रकाशित: Jan 09, 2023| 14:42 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...