वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने...
विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ। भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन्।
गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्।
तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो।
वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो।