बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री कार्कीको सपथ आज, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

मुख्यमन्त्री कार्कीको सपथ आज, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

दिउँसो २ बजे मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई सपथ गराउने कार्यक्रम निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार (आज) पद तथा गोपनियताको सपथ लिँदैछन्। दिउँसो २ बजे मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई सपथ गराउने कार्यक्रम निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आईतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। मुख्यमन्त्रीमा कार्कीलाई एमालेका ४० सहित माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद गरि ९३ सदस्यीय प्रदेशसभाको बहुमत सांसदको समर्थन रहेको छ। 

मुख्यमन्त्रीको सपथ ग्रहण गरे लगत्तै कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्। एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने माओवादी केन्द्र, राप्रपा र जसपाबाट १–१ जनाको प्रतिनिधित्व हुने गरि मन्त्रिपरिषद् गठनको तयारी गरेको श्रोतको भनाई छ। पहिलो चरणको मन्त्रिपरिषद् गठनमा एमालेबाट पनि एक जना गरि ५ सदस्यीय हुने बताइएको छ। एमालेबाट पूर्व प्रतिनिधिसभा सदस्य समेत भइसकेका ताप्लेजुङ १ (क) बाट निर्वाचित तिलकुमार मेन्याङ्बो, माओवादीबाट तेह्रथुमको १ (ख) बाट निर्वाचित दुर्गाप्रसाद चापागाई, राप्रपाबाट झापा ४(ख) बाट निर्वाचित तथा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी एक मात्र सांसद निर्मला लिम्वु मन्त्रि बन्ने बताइएको छ।

मन्त्रिपरिषद्लाई पूर्णता भने विश्वासको मत लिएपछि मात्रै हुने नवनियुक्त मुख्यमन्त्री कार्कीले बताए। 

प्रदेश १ मा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १३ वटा मन्त्रालय छन्। १३ वटा मन्त्रालयको संख्या घटाएर ९ मा  झार्ने तयारी गरिएको छ।

Metro Mart
worldlink

प्रकाशित: Jan 09, 2023| 08:40 सोमबार, पुस २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।