मंगलबार, साउन १४, २०८२

आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची

मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

यसअघि पुस ७ गते सांसदहरूले जेष्ठ सदस्य पशुपति शमशेर राणासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै संसदको पहिलो अधिवेशनको पहिलो बैठक सोमबारका लागि संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी आह्वान गरिएको थियो।

बैठकको सुरुवात गर्दै जेष्ठ सदस्य राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविधेशन आह्वान गरेको पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यसपछि राष्ट्रपति कार्यालयले संसदलाई जानकारी गराएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिरिषद गठन सम्बन्धी पत्रको व्यहोरा वाचन गरेर संसदमा सुनाउने छन्। यसमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते नियुक्त भएको व्यहोरा सुनाउनेछन्।

संसदको सम्भावित कार्यसूची अनुसार प्रतिनिधिसभाले अर्को नियमावली नबनाएसम्म संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभा नियमावली २०७५ स्वीकृतिका लागि प्रस्तुत हुनेछ जसलाई सदनले अनुमोदन गरेपछि अर्को नियमावली नबनुञ्जेल त्यसले काम गर्नेछ।

भोलि नै संसदले बैठकको अध्यक्षता गर्ने व्यक्तिको नाम अनुमोदन गर्नेछ। प्रत्येक अधिवेशनमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्तिका लागि अध्यक्ष मण्डलको मनोनयन गर्ने अभ्यास अनुसार सोमबार पनि त्यस्ता सदस्यहरु मनोनीत हुनेछन्।

अधिवेशनको पहिलो बैठक भएकाले सोमबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले धारणा राख्नेछन्। यसमा प्रधानमन्त्री दाहालदेखि ठूलो दलका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनले धारणा राख्नेछन्।

त्यस्तै सोमबारको बैठकको अन्तिममा तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ। २०४८ सालमा गोरखा २ बाट निर्वाचित मैयाँदेवी श्रेष्ठ, माओवादीबाट २०६४ सालमा ओखलढुंगा २ बाट निर्वाचित बालकृष्ण ढुंगेल र २०७० सालको संविधानसभा चुनावमा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बनेका झुलबहादुर आलेको निधनप्रति सदनले शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ।

प्रकाशित: Jan 09, 2023| 07:08 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...