काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले अहिले विभिन्न दलको उपस्थिति जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसक्नुको प्रतिविम्ब भएको बताए।
‘अघिल्लो पटक धेरै साथी संसदमा ल्याउँछु भनेको थिएँ। धेरै त ल्याउन सकिनँ तर, जनताको भावनाको बलियो प्रतिनिधिका रूपमा संसदमा आएका छौं,’ उनले भने। उनले सबै दल मिलेर देशको विकास हुन सक्छ भन्ने सन्देश जाने भएकाले कसैलाई निषेध गरेर एक्लै अघि बढ्ने अधिकार कुनै पनि राजनीतिक दललाई नभएको धारणा राखे।