जनमतले उठाउँदै आएको किसान आन्दोलन, नागरिकता विधेयक, राजबन्दी रिहाइलगायत एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता लिन सकिने राउतको धारणा।
संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार सूचनामार्फत जानकारी दिएको हो।
सात दलीय गठबन्धन भत्किएर दुई दलमा सीमित भएको र आठ दलीय गठबन्धन नयाँ स्वरुपमा जन्मिएकाले राष्ट्रपति निर्वाचनअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री प्रचण्ड बालुवाटार छलफलमा व्यस्त।
निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाखसम्म खर्चिने पाउने व्यवस्था छ।
कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको स्कारपियो एकापसमा ठोक्किएपछि तीन जनाको ज्यान गयो।