भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ।
मृत्यु हुनेमा भारतको विहार राज्यको मधुबनी जिल्लास्थित साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।
चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागाईँले जानकारी दिए।
सोमबार राति ट्वीट गर्दै उपसभापति खड्काले पुस १० गते भत्काइएको गठबन्धन पुनःस्थापित गर्ने संकल्प पूरा गरेको र अब आफ्नो दाबी कुनै कुरामा पनि नरहेको प्रष्टीकरण दिएका हुन्।
मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो।
कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालवालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरिने स्कुलले जनाएको छ।
सामान्यत नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरू भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो।
३३ केभी प्रसारण लाइन कुशेमा पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन।
नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन्। उनले मुलुककै चिकित्सा क्षेत्रको...