शुक्रबार, असार १३, २०८२

रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

रोल्पा- रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।

स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो।

सोही आगलागीमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए।उक्त घरमा पराललगायत दाउरा थियो। त्यसमा आगलागी भएको हो।

घर आगलागी भएको र घर्ती मृत अवस्थामा फेला परेपछि सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 28, 2023| 09:03 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्