शुक्रबार, असार १३, २०८२

मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु

मृत्यु हुनेमा भारतको विहार राज्यको मधुबनी जिल्लास्थित साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

जलेश्वर- महोत्तरीको बलवा नगरपालिका-१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको विहार राज्यको मधुबनी जिल्लास्थित साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।

बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २–०२–००२ प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो। उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Feb 28, 2023| 10:28 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्