शुक्रबार, असार १३, २०८२

काठमाडौंमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

टोखा नगरपालिका–८, इन्द्रायणी पुलस्थित घरमा डेरा गरी बस्ने २३ वर्षीय मिसन राई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- काठमाडौंमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। टोखा नगरपालिका–८, इन्द्रायणी पुलस्थित घरमा डेरा गरी बस्ने २३ वर्षीय मिसन राई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग गोंगबुका अनुसार हिजो राति करिब ९ बजे उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थत त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरी प्रभागले जनाएको छ।

मिसनको स्थायी ठेगाना खोटङको जन्तेढुंगा रहेको खुलेको प्रभागका सहायक हवल्दार भेषबहादुर सुनारले जानकारी दिए।

प्रकाशित: Feb 28, 2023| 09:37 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्