शुक्रबार, असार १३, २०८२

कवाडी सामानबाट अस्पताल बेड 

कवाडी सामानलाई सदुपयोग गर्दै अस्पतालका बेड, प्यासेन्ट ट्रलीहरु बनाउन थालिएको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

विराटनगर- कोशी अस्पताल विराटनगरले कवाडी सामानबाट अस्पताल बेड बनाउन सुरु गरेको छ। कवाडी सामानलाई सदुपयोग गर्दै अस्पतालका बेड, प्यासेन्ट ट्रलीहरु बनाउन थालिएको हो। एक महिना भित्रमा नर्मल र फोल्डिङ गरेर ५० वटा बेड तयार भएको छ। २२ वटा प्यासेन्ट ट्रली निर्माण गरिएको छ।  वेड र ट्रली गरेर ७२ वटा निर्माण भएका छन्। 

अस्पतालमा रहेका बाँकी कवाडी सामानबाट अस्पताल बेड, ट्रली लगायत गरि ९५ वटा निर्माण गर्न सकिने मर्मतको काम गरिरहेको एलवीटी इन्टरप्राईजेजका अरुण थापाले बताए। प्रति वेड वापत अस्पताललाई करिब ११ हजार वचत हुने उनको भनाई छ। थापाले भने, ‘एउटा नर्मल वेडको फ्याक्ट्री मूल्य १५ हजार छ।’ निर्माण गरिएको अस्पताल वेड, प्यासेन्ट ट्रलीहरु नयाँ खरिद गरिएको भन्दा कम नभएको उनको दाबी छ। उनका अनुसार नर्मल बेडको १५ हजार, फोल्डिङको १८ हजार र ट्रलीको प्याक्टी मूल्य १८ हजार छ। कवाडी सामानबाट निर्माण भएका सामाग्रीहरुको लागत करिब भ्याट सहित ३ हजार ८ सय हुने थापाको भनाई छ। ६ जना कामदारले दैनिक काम गर्दा एक महिनामा अस्पताल बेड र ट्रली गरेर ७२ वटा तयार गरिएको उनले बताए। 

कौडीको मूल्यमा जान लागेका सामानहरुलाई पुनःप्रयोग गर्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनले मर्मत गर्नेहरुको खोजी गरेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले भने, ‘कौडीको भाउमा जान लागेका सामानबाट लाखौं मूल्य पर्ने अस्पतालका वेडहरु तथा प्यासेन्ट ट्रलीहरु तयार भए।’ निर्माण गरिएका सामग्रीहरु नयाँ खरिद गरिए सो सरह रहेको उनको भनाई छ। एउटा अस्पताल वेडले करिब १० वर्ष काम गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहको भनाई छ।
कोशी अस्पताल ३५० वेडको हो। तर, अस्पतालमा वेड संख्या भन्दा बढी बिरामी भर्ना हुने गरेका छन्। अस्पतालमा आएका विरामीहरुलाई भुँईमै राखेर पनि उपचार गर्नु पर्ने बाध्यता छ। नयाँ वेड तयार भएसँगै बिरामीलाई भुईमा राख्नुपर्ने बाध्यता हट्ने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए। 
अस्पताललाई निर्माण भईरहेका दुईवटा भवन सम्पन्न भएपछि ५ सय वेड सञ्चालनको तयारी भएको उनले बताए। ५ सय वेडका लागि दरबन्दी माग गरि सकिएको अध्यक्ष भट्टराईले बताए। अस्पतालमा ७ अर्बको लगानीमा भवनहरू बनिरहेकाले भौतिक पूर्वाधारको समस्या अब हट्ने बताए। हामीले भौतिक पूर्वाधार निर्माणमा काम गरिरहेका छौ। निर्माण सम्पन्न भएपछि अस्पतालको रूप फेरिने उनले बताए।
कवाडी सामानलाई पुन:प्रयोग गरौं भनेर मर्मत गर्न थालिएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए। मर्मत गर्न मिल्ने सामानहरुलाई मर्मत गरेर पुनःप्रयोग गर्दा खर्च कम हुने उनले बताए। सदस्य बुढाथोकीले भने, ‘सरकारी भन्ने वित्तिकै थोत्रा सामान वेचेर नयाँ नै खरिद गर्नुपर्छ भन्ने छैन।’ काम दिने सम्मका सामानहरुलाई मर्मत गरेर पुन प्रयोग गर्दा राम्रो हुने उनको भनाई छ। उनले भने, ‘कौडीको भाउमा दिने सामान आज लाखौं मुल्यका भए।’

प्रकाशित: Feb 28, 2023| 14:33 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्