शुक्रबार, असार १३, २०८२

प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा खारेज

२० जना आजीवन सदस्यलाई दोहोरो सुविधा बाँड्दा १ करोड २० लाख बढी रकम खर्चिनुपर्ने बाध्यतामा थियो प्रज्ञा प्रतिष्ठान।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई दिँदै आएको मासिक पारिश्रमिक सुविधा खारेज गरेको छ। आजीवन सदस्यले दोहोरो सुविधा लिएको विषय केही महिनाअघि सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो।

दोहोरो सुविधा खान अवकाशमा जानै लागेका प्रज्ञा प्रतिष्ठानमा कार्यरत केही सदस्यले कार्यकारी बैठकमार्फत निर्णय गराएका थिए। उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ। हालसम्म सर्वोच्चले अन्तिम फैसला भने सुनाएको छैन।

प्राज्ञबाटै उन्नत नैतिकताको पाठ सिकाउन यस्तो निर्णय लिइएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति भूपाल राईले बताए। दोहोरो सुविधा लिएका आजीवन सदस्यलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सिर्जनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारीले राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरे। कुलपति राईले भने, ‘अब यो नैतिकतासँग पनि गाँसिएको विषय हो। दोहोरो सुविधा लिने भनेको खानैपर्ने प्रवृत्ति देखियो। यो प्रवृत्ति नैतिकतासँग जोडिएको विषय भएकाले यसको सुरुआत गरिएको हो।’

भाषा, साहित्य र संस्कृतिको कुरा मात्रै होइन,  यसले मानवीय संस्कृति पनि सिकाउने उनको भनाइ छ। नेपाली हुनुको उन्नत नैतिकता पनि सिकाउने उनले चर्चा गरे। २० जनालाई एकेडेमीको स्रोतबाट बाँड्दा १ करोड २० लाख बढी रकम जाने गरेको तथ्यांक प्रस्तुत गरे। 

हाल प्रतिष्ठानमा आजीवन सदस्य रहेकाले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए। प्रतिष्ठानबाट वार्षिक करिब १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकामा यसलाई कटौती गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमै केही गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका परिषद् सदस्यहरुको कार्य विभाजन पनि भएको छ। कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको जिम्मेवारी दिइएको छ। त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसूदन गिरी, दर्शन शास्त्र विभाग प्राज्ञ डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य÷काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेतलाई दिइएको छ।

प्रा.डा. कौशिला रिसाललाई सामाजिक शास्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण) र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: Feb 28, 2023| 13:42 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।