आइतबार, वैशाख २१, २०८२

आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झौता

 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ।

समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ। भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

प्रकाशित: Feb 28, 2023| 16:23 मंगलबार, फागुन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्