शुक्रबार, असार १३, २०८२

अँध्यारोमा होइन उज्यालोमै गठबन्धन भत्काएको हो : गगन थापा

१० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन्।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमडौं- कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने जिकिर गरेका छन्। १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।

'केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ। पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।' उनले भने।

कार्यक्रममा उनले दुई महिनापछि आफूहरू एक ठाउँमा उभिएका बताउँदै अहिले जे भएको छ राम्रो भएको छ तर्क गरे। तर अबको बाटो सहज छैन उनको ठम्यमाइ थियो।

प्रकाशित: Feb 28, 2023| 14:04 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...