शुक्रबार, असार १३, २०८२

प्रचण्ड सरकारलाई जनमत पार्टीको समर्थन निरन्तर  : अध्यक्ष सीके राउत

जनमतले उठाउँदै आएको किसान आन्दोलन, नागरिकता विधेयक, राजबन्दी रिहाइलगायत एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता लिन सकिने राउतको धारणा।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी जनमत पार्टीले तत्कालका लागि समर्थन फिर्ता नलिइने बताएको छ। मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रचण्ड सरकारबाट नबाहिरिने बताएका हुन्।

उनले भने, ‘अहिले त्यस्तो कुनै परिस्थिति बनेको छैन, जसले सरकारबाट बाहिरिनुपरोस्। प्रचण्डको सरकारमा सहभागी अरू पार्टीको माग पूरा भएन। कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएका हुन्। हाम्रो कुनै माग छैन। सोही कारण जनमत पार्टी सरकारमा यथावत छ।’

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उनले दाबी गरे। सरकारमा सहभागी दल फेरिए पनि  सरकार नफेरिएको राउतको भनाइ छ। 

अध्यक्ष राउतले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल उपयुक्त पात्र भएकाले जनमतले समर्थन गरेको बताए। जनमतले उठाउँदै आएको किसान आन्दोलन, नागरिकता विधेयक, राजबन्दी रिहाइलगायत एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता लिन सकिने राउतको धारणा छ। प्रचण्ड सरकारमा हाल जनमत पार्टीले खानेपानी मन्त्रालय सम्हाल्दै आएको छ।

प्रकाशित: Feb 28, 2023| 15:35 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...