आइतबार, वैशाख २१, २०८२

टिभीएसको माइलेज क्याम्प ३० मुख्य सहरमा 

यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरू गरिँदैछ। 
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरहरूमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ। यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरू गरिँदैछ। 

माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरूलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै सहभागीहरूलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरू प्रदान गरिने पनि कम्पनीले जनाएको छ। 

माइलेज क्याम्पको बारेमा बोल्दै जगदम्बा मोटर्सका सीइओ दीपक अग्रवालले भने, ‘यो माइलेज क्याम्प गर्नुको मुख्य उद्देश्य हाम्रा ग्राहकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्नु हो जसमा नेपालभरका विभिन्न सहरबाट उत्साहजनक सहभागिता रहेको छ। हाम्रा उत्पादनहरूले हाम्रा ग्राहकहरूलाई दिएको सन्तुष्टि र खुसी देखेर हामी अत्यन्तै खुसी छौँ।’  

यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौँडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य सहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन्। माइलेज क्याम्पमा सहभागी हुनका लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन्।

प्रकाशित: Feb 28, 2023| 13:02 मंगलबार, फागुन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्