आइतबार, वैशाख २१, २०८२

कार्यान्वयनमा आयो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली

हालका लागि यस्तो प्रणाली मन्त्रालय मातहतका विभागमा कार्यान्वयनमा ल्याइएको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– सरकारले एकीकृत वेबसाइट व्यवस्थापन तथा वेब मनिटरिङ प्रणाली सेवा सुरु गरेको छ। मंगलबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणाली कार्यान्वयनको सुरुआत गरेकी हुन्।

हालका लागि यस्तो प्रणाली मन्त्रालय मातहतका विभागमा सुरु गरिएको सूचना प्रविधि विभागले जनाएको छ। यस प्रणाली प्रयोग गरी विकास गरिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवंअन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको विभागले बताएको छ।

‘यस प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नभए पनि उपलब्ध जनशक्तिको मद्दतले आआफ्ना निकायगत वेबसाइट सहजै, निःशुल्क एवं सुरक्षित रुपमा विकास गर्न सकिने हुँदा निकायगत रूपमा वेबसाइट विकास, अद्यावधिक एवम् सपोर्टका लागि बर्सेनि गरिने खर्चको बचत हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख गरिएका प्रावधान, वेबवाइटकसम्बन्धी आधारभूत स्थापित एवं प्रचलित उत्तम अभ्यास र विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सरकारी निकायका वेबसाइट अध्ययन तथा अनुसन्धानपछि विकास गरिएकाले यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइट अपांगतामैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायकलगायत विशेषतासहितका हुनेछन्।

सरकारी निकायका वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न मिल्ने गरी छुट्टै मोबाइल एपको पनि सँगै विकास गरिएको विभागले जनाएको छ। कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारी सहभागी थिए।

Metro Mart
worldlink

प्रकाशित: Feb 28, 2023| 14:24 मंगलबार, फागुन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्