बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।
बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सूचना अनुसार बिहीबारदेखि एक सातासम्म बत्ती जाने छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको...
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
कार्ययोजना अनुसार वि.सं. २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने उल्लेख छ।